धम्पुस उत्सव तयारी

आदर्श समाज सम्वाददाता
फागुन २९, २०८०
Dhampus Vaolleyball Photo

पोखरा । मिलन युवा क्लब आयोजनामा यही फागुन ३० देखि धम्पुस उत्सव हुने भएको छ । आगामी ३ चैतसम्म चल्ने कार्यक्रममा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने सोमबार पोखरामा पत्रकार सम्मेलनमा क्लब अध्यक्ष ललित पुनले बताए ।

माछापुच्छ«े गाउँपालिका ७ मा पर्ने लेक कुनामा हुने उत्सवको मुख्य आकर्षणमा कास्की जिल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने पुनले बताए । प्रतियोगितामा करिब २५ टिमले भाग लिने छन् । विजेतालाई १ लाख र उपविजेतालाई ६० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रममा क्लबस्तरीय महिला भलिबल प्रतियोगितासमेत हुने । विजेतालाई ४० हजार उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने छ । भलिबलको पुरुषतर्फ सान्त्वना हुने २ टिमलाई जनही १० हजार प्रदान गरिने आयोजकले जनायो ।

भलिबलको पुरुष तथा महिलातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार, अन्य ५ विधामा उत्कृष्टलाई जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक बुद्ध सिंहले बताए ।

उत्सवमा प्रौढ भलिबल प्रतियोगिता, पुरुष रस्साकस्सी प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता हुने क्लब अध्यक्ष पुनले बताए । कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख ९४ हजार लाग्ने आयोजकको अनुमान छ ।

माछापुच्छ«े गाउँपालिका ७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले कास्कीको पर्यटनको पुरानो गन्तव्य भएकोले खेल पर्यटनको प्रवद्र्धन गर्न वडाले २ लाख बजेट व्यवस्था गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width