सहारा एकेडेमीलाई साफको सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
sahara (1)

पोखरा । विकास कार्यक्रमअन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् ।

साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ति केसीलाई बल उपलब्ध गराएका हुन् । बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘हाम्रो एकेडेमीलाई एन्फामार्फत् साफले ठूलो सहयोग भएको छ । यसको लागि आभारी छौं,’ बरालले भने । भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै बंगलादेशले साफको उपाधि जितेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width