गण्डकीसहित ३ प्रदेशका प्रदेश प्रमुख हटाइए

आदर्श समाज सम्वाददाता
फागुन २८, २०८०
Prithviman-Gurung-750×422

पोखरा । संघीय सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ३ प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरेको छ । जस अनुसार मधेशमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँ सिफारिस भएका छन् ।

मधेशमा हरिशंकर मिश्र, गण्डकी पृथ्वीमान गुरुङ र देवराज जोशी प्रदेश प्रमुख थिए । उनीहरु सबै कांग्रेस निकट थिए । अहिले नियुक्त भएका सबै एमाले निकट हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width