ज्यानसम्बन्धी मुद्दाका प्रतिवादी पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
police arrest

पोखरा । कास्की प्रहरीले ज्यानसम्बन्धी कसूरका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा पोखरा २०, लामडाँडा बस्ने ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङ हुन् ।

गत ७ मंसिरमा कास्की जिल्ला अदालतको आदेशले उनलाई ज्यानसम्बन्धी कसूर मुद्दामा १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र १ लाख २५ हजार जरिवाना फैसला सुनाएको थियो ।

लामो समयसम्म फरार प्रतिवादी गुरुङलाई जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी काार्यलयबाट खटिएको प्रहरी टोलीले बुधबार पोखरा ११, काहुँखोलाबाट पक्राउ गरेको हो । उनलाई करबाहीका लागि अदालतमा बुझाइएको कास्की प्रहरीले विज्ञप्तिमार्फत जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width