काठमाडौं जाँदै गरेकाे बस त्रिशुलीमा खस्यो: ६ जनाको मृत्यु, ३७ घाइते

आदर्श समाज सम्वाददाता
फागुन २३, २०८०
accident

पोखरा ।  कपिलबस्तुबाट काठमाडौं जाँदै गरेको  बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेको छैन । दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् ।

लु२ख २१२१ नम्बरको बस आज बिहान ४ बजेतिर धादिङको गजुरी गाउँपालिकाको घाटबेसीस्थित पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बसका चालकसमेत घाइते भएका छन् । घाइते सबैलाई ससस्त्र प्रहरी बलको टोलीले उद्दार गरी उपचारका लागि अस्पताल पठाएको छ ।

बसमा ५० जना यात्रु सवार रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width