पत्रकार रन्जितद्वारा मञ्चको अक्षकोषका लागि रकम हस्तातरण

आदर्श समाज सम्वाददाता
फागुन १२, २०८०
sport help gandaki

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार, पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई अक्षकोष सञ्चालनका लागि रकम हस्तान्तरण गरेका छन् ।

शुक्रबार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभूत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच २५ हजार रुपैयाँ मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तातरण गरेका हुन् ।

रञ्जितले हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेसल अवार्डसहित प्राप्त गरेको ५० हजार नगदसहितको पुरस्कारबाट प्राप्त रकममध्येबाट मञ्चले सञ्चालन गर्न लागेको अक्षकोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्त्रण गरेका हुन् ।

मञ्च गण्डकीले आगामी १ वर्ष भित्रमा १० लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउँदै आएका छन् । अध्यक्ष बरालले यसअघि उक्त कोषमा १० हजार सहयोग गर्दै अक्षकोषको सुरुआत गरेका थिए । रकम हस्तातरण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशि पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिति थियो ।

यस्तै रञ्जितले सोही पुरस्कार मध्ये केही रकम थप गरी सहारा आधारभूत प्रावि पृथ्वीचोकलाई ३० हजार बराबरको सहयोग गरेका छन् । विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई उक्त रकम बराबरको चेक नै रञ्जितले सहयोग हस्तान्तरण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width