गण्डकी प्रदेश स्थापना दिवस अवसरमा शुक्रबार सार्वजनिक बिदा

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
gandaki ministry

पोखरा। गण्डकी प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले शुक्रबार (४ फागुन) मा सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सूचना जारी गर्दै शुक्रबार बिदा दिइएको जनाएको हो । उक्त दिन गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको कार्यालयका प्रवक्ता उपसचिव प्रवीण ढकालले बताए ।

तत्कालीन २०७४ फागुन ४ मा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सपथ ग्रहण गरी पदभार गरेको दिनलाई सरकारले स्थापना दिवसरुपमा मनाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts