६ किलो सुनसहित पाेखरामा भारतीय नागरिक पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
gold

आरोपी भारतका सुरजित भौमिकलाई सम्मेलन सम्मेलन गरी सार्वजनिक गर्दै कास्की प्रहरी । तस्बिरः धनबहादुर गुरुङ

पोखरा। पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुनसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई स्रोत नखुलेको उक्त परिणामको सुन, चाँदी, नगदसहित पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर ११ घर भइ हाल पोखरा महानगरपालिका वडा २, मोहरिया टोलमा बस्ने ४० वर्षीय सुरजित भौमिक हुन् ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन थापाले सुरजितले मोहरियाटोलकै कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई उक्त घरमा अवैध सुन ल्याएर सुनका विभिन्न गरगहना बनाएर बेचबिखन तथा कारोबार गर्ने गरेको सूचना आधारमा मंगलबार बिहान करिब साढे ४ बजे नियन्त्रणमा लिइएको हो ।

उक्त घरका कोठामा लुकाइछिपाइ राखेको अवस्थामा स्रोत खुलाउन नसकेका सुनका गरगहना, काँचो सुन, चाँदी र नगद नियन्त्रणमा लिई राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने तयारी भएको एसपी थापाले बताए ।

उनको साथबाट सुनका गरहना, काँचो सुन गरी कुल ६ केजी ६९ ग्राम सुन बरामद गरिएको हो । त्यस्तै ६ केजी चाँदी, नगद ६२ लाख ८१ हजार, विभिन्न बैंकका १३ थान चेक बरामद गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width