बमबहादुरको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठन

आदर्श समाज सम्वाददाता
माघ २३, २०८०
bom bahadur

पोखरा । वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले कार्कीको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

परिषद् वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा बैकुण्ठ महत, सचिवमा केशरी घर्ती मगर र कोषाध्यक्षमा टीका पुन निर्वाचित भए । सदस्यमा खर्क बुढा मगर, शिवा आले, खड्ग गर्बुजा, प्राडा ऋषिराम शर्मा, नरहरि प्रेमी, कमलीकान्त भेटुवाल, रामप्रसाद कँडेल र मनोजसिंह धामी छन् । रिक्त ३ सदस्य पछि मनोनीत गर्ने जनाइएको छ ।

कार्यक्रममा लोकदोहोरी र संगीत क्षेत्रका व्यक्तिलाई समेटेर ४० जना आजीवन सदस्य पनि घोषणा गरियो । संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ ।

सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव बैकुण्ठ महतले प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको बताए ।
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कुलपति निशा शर्माले कार्यक्रमको उद्घाटन गर्दै नेपाली संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताइन् । कार्यक्रममा वरिष्ठ साधक तथा नृत्यशास्त्री भैरवबहादुर थापालाई अभिनन्दन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width