जनप्रिय माविकाे ५५ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १२, २०८०
janapriya

पोखरा । पोखरा ८ स्थित जनप्रिय माध्यमिक विद्यालयले ५५ औं वार्षिकोत्सव, पुरस्कार वितरण एवं अभिभावक दिवस सम्पन्न गरेको छ ।

‘बालमैत्री व्यावहारिक शिक्षा, असल चरित्र आजको आवश्यकता’ मूल मन्त्रका सञ्चालित जनप्रिय मावि पोखराको पुरानोमध्येको एक विद्यालय हो ।

बुधबार आयोजित समारोहको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय माविको अझ प्रगति र उन्नतिको कामना गरे ।

कार्यक्रममा पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, शिक्षा विकास समन्वय इकाइ प्रमुख लोकनाथ आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रमुख लक्ष्मण देवकोटा, जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, शिक्षा अधिकृत रामप्रसाद तिवारी, शिक्षक अभिभावक संघ अध्यक्ष हुमनाथ सिग्देल, दयाराम उपाध्याय, तालवाराही माविका प्रअ ताराप्रसाद पोखरेल, पूर्व विद्यार्थी मञ्च अध्यक्ष सरोजनारायण बराल, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पार्दी शाखा प्रमुख अप्सरा, शिक्षक शान्ति बराल, विद्यार्थी प्रीति गुप्ता लगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे । स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिका सुवास सिग्देल, सञ्चालन ऋषिराम अधिकारी र श्रीकान्त पौडेलले गरेका थिए भने धन्यवाद ज्ञापन विद्यालय व्यवस्थापन समिति सदस्य ईश्वर सुवेदीले गरेका हुन् ।

सो अवसरमा कक्षा १२ सिभिल इन्जिनियरिङ उत्तीर्ण भइ स्नातकमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल आलोककुमार चौधरी, एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न सफल रोमन श्रेष्ठ, अतिरिक्त क्रियाकलापतर्फ रविशंकर बैठालाई सम्मान गरियो ।

यस्तै, शिक्षकतर्फ शुष्मा थापा, इन्द्रबहादुर थापा, श्रीकान्त पौडेल, उषा घिमिरे, सुशीला गिरी, पुष्पा शर्मा, नवराज सुवेदी, सृजना बराल, करुणा पौडेल, सुशीला सिग्देल, गायत्री सिग्देल पुरस्कृत÷सम्मानित भए । खेलकुद शिक्षक चन्द्रबहादुर आले र लेखापाल धीरज थापालाई पनि सम्मान गरियो । वर्ष विद्यार्थीमा सुवास देवकोटा (कक्षा १० सि) सम्मानित भए ।

कार्यक्रममा अक्षयकोषदाताबाट पुरस्कार वितरण गरियो भने शिक्षकले ड्रेस वितरण गरेका थिए । यस्तै, अनुशासन, सरसफाइ, उत्कृष्ट मनिटर, अतिरिक्त क्रियाकलाप पुरस्कार समेत वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीले विभिन्न सांस्कृतिक क्रियाकलाप प्रस्तुत गर्नुका साथै विज्ञान एवं इन्जिनिरिङको कला प्रदर्शनी गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width