रोटरी युथ लिडरसिप अवार्डबाट नौलो अनुभूति

आदर्श समाज सम्वाददाता
माघ ४, २०८०
419635842_7558161430895303_8262363930988725555_n

पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत रोटरी युथ लिडरसिप अवार्ड (राइला) सम्पन्न भएको छ । चारदिने कार्यक्रमबाट आफूहरुमा सकारात्मक सोचको विकाससहित आत्मविश्वास बढेको सहभागीले प्रतिक्रिया दिए । गोरखा जिल्लाबाट भाग लिन आएकी रोटरियन शोभा प्रधानले राइलाले युवामा नेतृत्व सिप क्षमतामा सघाउ पुगेको बताइन् । सहभागीले कार्यक्रम निकै फलदायी भएको भन्दै निरन्तरताको कामना गरे ।

पोखरामा २६ पुसमा उद्घाटनपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत लेवाडेमा आयोजित राइलामा विभिन्न जिल्लाबाट ५१ जनाले भाग लिएका थिए ।

कार्यक्रम समापन गर्दै डिष्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सेताम्ये हिमालमुनि गरिएको कार्यक्रमले सबैलाई ऊर्जा थपेको बताए । उनले व्यक्तिगत क्षमता, नेतृत्व विकास, नेटवर्किङ र कम्युनिकेसन विकासमा यस कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले युवाले सुरुदेखि नै प्लाष्टिकका झोला कम प्रयोग गर्न सुझाए । उनले राइला रोटरीको अभिन्न अंग भएको उल्लेख गर्दै युवामा निहित प्रतिभा प्रस्फुटनमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

डिष्ट्रिक्ट राइला को–चेयर एवं कार्यक्रम संयोजक राजेन्द्र लिगलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राइला कार्यक्रम सचिव जसु गुरुङले गरेकी थिइन् ।

कार्यक्रममा डिष्ट्रिक्टका सचिव दुर्गादेव सुवेदी, राइला कार्यक्रमको पाइलट कोच सुभाष सिग्देल, निश्चल श्रेष्ठ, चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, सहभागीतर्फबाट अदिति चौलागाईं, सुलभ कटुवाल लगायतले बोलेका थिए । धन्यवाद ज्ञापन रोटरी पोखरा न्यूरोड अध्यक्ष रामविक्रम अधिकारीले दिए । १६ देखि २० वर्ष उमेर समूहका युवायुवतीले भाग लिएको राइलामा राइलारियन अवार्ड सम्भवी चापागाईंले जितिन् ।

डिष्ट्रिक्टले हरेक वर्ष आयोजना गर्दै आएको राइला कास्कीमा लामो समयपछि भएको हो । जसमा कास्कीका ९ वटै रोटरी क्लबहरुसहित १७ होस्ट र १० को–होस्ट रहेको रोटरी लेकसाइड अध्यक्ष शोभाकान्त सिग्देलले बताए ।

Related News

सम्बन्धित समाचार

  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…

hero news full width