बौदीकालीले जित्यो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप

आदर्श समाज सम्वाददाता
पौष २८, २०८०
machhapuchhre cup

हेमजा । ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिता उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।

माछापुच्छ्रे गाउँपालिकाले घाचोकमा आयोजना गरेको प्रतियोगिताको शनिबार फाइनलमा बागलुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकालीले उपाधिसहित ३ लाख, ट्रफी र मेडल पुरस्कार जितेको हो । उपविजेता गलकोटले २ लाख, ट्रफी र मेडल प्राप्त गरेको छ ।

बौदीकालीले उपाधिसहित ३ लाख, ट्रफी र मेडल पुरस्कार जितेको छ

बौदीकालीले चापाकोट नगरपालिकालाई र गलकोटले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई हराउँदै फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

सेमिफाइलनसम्म पुगेका अन्नपूर्ण र चापाकोटले ५०/५० हजार रुपैयाँ पुरस्कार पाए । बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ७ हजार पुरस्कार प्राप्त गरेका छन् । उत्कृष्ट स्पाइकर बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकर बौदीकालीका विश्वास अधिकारी, उत्कृष्ट सर्भर बौदीकालीका आशीष श्रेष्ठ, उत्कृष्ट डिफेन्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित हुँदै जनही ५ हजार पाए ।

विजेतालाई नेपाली कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसदद्वय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेश सभा सदस्यद्वय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरे ।

युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताए ।
गत पुस २६ देखि घाचोकको मेघराज आधारभूत विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता हेर्न माछापुच्छ्रेसहित पोखरा तथा छिमेकी पालिकाबाट समेत दर्शकको बाक्लो उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै