पोखरा महानगर एथलेटिक्स संघको अध्यक्षमा हरिबहादुर

आदर्श समाज सम्वाददाता
पौष २५, २०८०
Atlethytics

पोखरा । एथलेटिक्सको विकासका लागि हरिबहादुर थापाको नेतृत्वमा पोखरा महानगरपालिका एथलेटिक्स संघ गठन भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिअन्तर्गत रहने गरेर थापाको नेतृत्वमा बुधबार ७ सदस्यीय कार्यसमिति बनेको हो ।

उपाध्यक्ष गोपाल थापा, सचिव मनिषा अधिकारी, कोषाध्यक्ष रामबहादुर ढकाल जिम्मेवारी दिइएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । सदस्यहरू श्यामबहादुर श्रेष्ठ, शर्मिला थापा, विराज थापा चुनिए । पोखरा महानगरपालिका खेलकुद विकास ऐन, २०७५ ले महानगरस्तरीय खेल संघ गठन गर्न सकिने व्यवस्था गरेको छ ।

संघ गठन कार्यक्रममा खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले खेलकुद क्षेत्रको विकास गर्न वडा तहसम्म समिति आवश्यक रहेको बताए ।

भलिबल, बास्केटबल, बुद्धिचाल, ह्यान्डबल क्रिकेट, जुडोसहित १२ वटाभन्दा बढी संघ गठन भएको र यी समितिले काम गर्दा प्रतियोगिता आयोजना र व्यवस्थापन सहज भएको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts