तारकाङ कृषि सहकारीमा बुद्धिसागर

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
Tarkang

पोखरा । मादी गाउँपालिका ४ स्थित तारकाङ कृषि सहकारी संस्थाको नवौं साधारण सभा तथा चौथो अधिवेशनले बुद्धिसागर सापकोटालाई अध्यक्ष चयन गरेको छ । उपाध्यक्ष पार्वती सापकोटा, सचिव पुण्यप्रसाद सापकोटा, कोषाध्यक्ष रञ्जन सापकोटा चयन भए । सदस्यहरु नवराज पौडेल, कमला सापकोटा, गंगा सापकोटा, कृष्णप्रसाद लामिछने र तीर्थप्रसाद सापकोटा छन् ।

लेखा समितिमा संयोजक भोजराज पोख्रेल, सदस्यहरू चोलादेवी सापकोटा र भोजराज सापकोटा रहेका छन् ।

निर्वाचन मण्डल संयोजक नारायणप्रसाद सापकोटा, सदस्यद्वय विमला रेग्मी सापकोटा र भोजराज सापकोटा रहेको निर्वाचन मण्डलले सर्वसम्मत निर्वाचित गराएको हो ।

साधारण सभा उद्घाटन गर्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले विवादरहित नेतृत्व बनाउन र सहकारीका सिद्धान्तअनुसार सहकारीका गतिविधि अघि बढाउन आग्रह गरे । अहिलेका विभिन्न सहकारीमा विश्वसनीय सञ्चालक समिति नभएका कारण समस्या सिर्जना भएको भन्दै सेयर सदस्य सचेत हुनुपर्नेमा जोड दिए । उनले मादीका वडा नम्बर ६ मा डेढ करोड र १२ मा २ करोड ९२ लाख लागतमा बहुवर्षे योजनाअन्तर्गत चिस्यान केन्द्र बन्न लागको जानकारी दिए । उनले भने, ‘चिस्यान केन्द्र निर्माणको टेन्डर भई सम्झौतासमेत भइसकेको छ, सम्झौता भएको मितिले १८ महिनामा निर्माण सक्नुपर्ने हुन्छ ।’ यस्तै मादी ४ मा यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी १० लाख लागतमा सानो क्षमताको दुग्ध चिस्यान केन्द्र (चिलिङ भ्याट) निर्माण गर्न लागिएको उनले जानकारी दिए । चिस्यान केन्द्र किसानले उत्पादन गरका वस्तु सुरक्षित भण्डारण र बजारसम्म पु¥याउने सहज हुने उनको विश्वास थियो ।

उनले जोखिम कर्जा शून्य रहेको प्रतिवेदन सहकारीले सार्वजनिक गरेकोमा प्रशंसा गरे । मादी गाउँपालिका सहकारी शाखा प्रमुख सुमन चापागाईंले तारकाङ सहकारीका सबै सूचक राम्रो रहेको कृषि उत्पादन बढाउनतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटा, मादी ४ का संस्थापक अध्यक्ष सत्यराज सापकोटा, संस्थापक अध्यक्ष बुद्धिसागर सापकोटा, साना किसान सहकारी थुमाकोडाँडाका अध्यक्ष भोजराज सापकोटा, सेयर सदस्य गोपाल

सापकोटा, नारायणप्रसाद सापकोटालगायतले बोलेका थिए ।

यसैबीच एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल सेयर सदस्यका छोराछोरीमध्येबाट प्रसिद्ध सापकोटा सम्मानित भए ।

संस्थाका अध्यक्ष श्रीकृष्ण सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बलराम सापकोटाले सञ्चालन र उपाध्यक्ष लक्ष्मीदेवी सापकोटाले स्वागत गरे ।
सहकारीको सेयर पुँजी ६१ लाख ९० हजार रहेको छ भने १ सय २४ सेयर सदस्य रहेका छन् । सहकारीको ऋण लगानी ८४ लाख ७६ हजार रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width