श्रीपति समाजसेवा पुरस्कार विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई

आदर्श समाज सम्वाददाता
पौष २१, २०८०
shreepati

पोखरा । श्रीपति समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपति कोइराला गुठीद्वारा सञ्चालित श्रीपति समाज सेवा पुरस्कार–२०८० समिति पुरस्कृत भएको हो ।

गुठीको ३१ औं साधारण सभाका अवसरमा शनिबार समितिलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ सहित ताम्रपत्र, दोसल्ला र पदक छ । अघिल्ला वर्षमा यो पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रम पुरस्कृत भएका थिए ।

पोखराका मेयर प्रमुख धनराज आचार्य, गुठी अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति धार्मिक, सामाजिक साथै विकास निर्माणमा समेत सक्रिय हुँदै आएको छ । समितिले गुरुकुलका साथै प्राकृतिक चिकित्सालय पनि सञ्चालन गर्दै आएको छ । एम्बुलेन्स सञ्चालनदेखि परबाट आउने साधु सन्त तथा दर्शनार्थीका लागि आवास तथा भोजनको व्यवस्था समेत समितिले गर्दै आएको छ । उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेकोले समितिलाई यस वर्षको श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिएको गुठीका सदस्य सचिव नवराज कोइरालाले बताए ।

पुरस्कार अर्पणपछि मेयर आचार्यले श्रीपति कोइराला गुठीले समाज सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए । मेयर आचार्यले पुरस्कृत संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण, सम्बद्र्धन, प्रवद्र्धन र सौन्दर्यकरणसँगै सामाजिक काममा पु¥याएको योगदानको प्रशंसा गरे । शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई श्रीपति विद्या पदक र गरिव तथा जेहेन्दार विद्यार्थीलाई उक्त अवसरमा छात्रवृत्ति प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width