सूर्यदर्शन सहकारी ठगी आरोपी महेन्द्र गुरुङसहित २ जना प्रहरी हिरासतमा

आदर्श समाज सम्वाददाता
पौष १७, २०८०
mahendra bhote – rajendra

तस्बिर : राजेन्द्र अधिकारी

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार २ जना प्रहरी हिरासतमा परेका छन् । शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल हिरासत पुगेका हुन् ।

उनीहरु दुवैजना मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । दुवैजनाको मंगलबार बयान लिइएको छ । बयान नसकिएपछि बुधबार पुनः बयान लिने र थुनछेक बहस चल्ने जिल्ला अदालत कास्कीले जनाएको छ ।

उनीहरुलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । सूर्यदर्शन सहकारीको ठगी आरोपमा प्रहरीले १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सुरुमै कोषाध्यष कुमार रम्तेललाई पक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी पनि सोमबार कारागार चलान भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width