निस्सिम थापाका नाममा स्थापित अवार्ड हस्तान्तरण

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
Nissim Thapa Photo 1

पोखरा। नवौं राष्ट्रिय खेलकुदमा ज्यान गुमाएका प्याराग्लाइडिङ खेलाडी निस्सिम थापाको नाममा स्थापित सोसिओलोजी अवार्ड तथा प्याराग्लाइडिङ अवार्ड अर्पण गरिएको छ ।

निस्सिम थापा फाउन्डेसनले आइतबार पोखरामा आयोजना गरेको पहिलो साधारण सभामा उक्त अवार्ड वितरण गरिएको हो । निस्सिम थापा सोसिओेलोजी अवार्ड २०८० बाट पृथ्वीनारायण क्याम्पस समाजशास्त्र संकायतर्फकी एमएकी विद्यार्थी शुशीला शर्मालाई सम्मानपत्र तथा १५ हजार रुपैयाँ प्रदान गरिएको हो । उनले यस वर्षको अन्तिम परिक्षामा एमए समाजशास्त्रतर्फ उत्कृष्ट नतिजा प्राप्त गरेकी थिइन् ।

प्याराग्लाइडिङतर्फ देश विदेशका विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई उत्कृष्टता प्रदर्शन गरेका प्याराग्लाइडिङ पाइलट अमन थापालाई सम्मानपत्र तथा २० हजार रुपैयाँ नगद प्रदान गरेको छ । उनले हालैमात्र भारतको नर्र्वानामा सम्पन्न प्याराग्लाइडिङ सोलो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका छन् ।

कार्यक्रममा एसओएस बालग्राम गण्डकीका योजना निर्देशक प्रदीपभक्त आचार्यले आफूले निस्सिम थापालाई सानै अवस्थाबाट चिनेको र उनको दुर्घटनाको खबर सुने पश्चात आफू निकै मर्माहत भएको बताए । उनले एसओएस बालग्राममा निकै लामो समय सम्म काम गरेको तथा निस्सिम थापा फाउन्डेसनले स्थापना पश्चात् छोटो समयमा गरेका कार्यहरु अत्यन्त प्रशंसनीय रहेको उनको भनाइ थियो । उनले फाउन्डेसनको काम आफ्नो संस्था एसओएसको जस्तै प्रकृतिको भएकोले फाउन्डेसनलाई सक्ने किसिमको सहयोग गर्ने तथा आफूले पनि फाउन्डेसनको आजीवन सदस्यता लिने बताए ।

संस्थाका अध्यक्ष प्रकाश थापाले निस्सिम थापा फाउन्डेसनले सम्पूर्ण प्याराग्लाइडिङ पाइटहरुको सुरक्षा मापदण्डहरु, जीवनबिमा, कानुनको पालनाका लागि फाउन्डेसन सदैव लागिरहने बताए । सरोकारवाला पक्षहरुको जवाफदेहिताको लागि आवश्यकीय एवम कानूनसम्मत पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । फाउन्डेसनले शिक्षा क्षेत्रमा अनुसन्धानात्मक एवं सिर्जनशीलताको क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने विद्यार्र्थीहरुलाई साथै प्याराग्लाइडिङ विधामा उत्कृष्ट योगदान गरी नेपालको नाम विश्व जगतमा चिनाउन योगदान पु¬¥याउने पाइलटहरुलाई सम्मान तथा अवार्डहरु प्रदान गर्ने जानकारी दिए ।

फाउन्डेसनकी उपाध्यक्ष सावित्री थापा मोक्तानले आफूहरुले निस्सिमको न्यायको लागि लागि पर्ने बताइन् । प्याराग्लाइडिङ क्षेत्रका सरोकारवाला निकायहरुले हरेक राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्दा कानुनको परिपालना गर्नुपर्ने उनको भनाइ थियो । उडानका समयमा मैदानहरुको स्थलगत निरिक्षण गर्नुपर्ने, पाइलटहरुको सोलो इन्सुरेन्स गराउनुपर्ने, नागरिक उड्डयन प्राधिकरणको अनुमति लिनुपर्ने बताएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । पोखरामा खानेपानी सुधार आयोजनाको काम करिबकरिब अन्तिम चरणमा पुगेको संस्थानले जनाएको छ । पानी परीक्षणको क्रममा रहँदा पनि…
  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • ३ पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर   

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    गोरखा ।  नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो ।…
  • मस्र्याङ्दी जलासयमा मोटरबोट

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    दमौली । मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलासयमा मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि आयतबारबाट जलविद्युत् केन्द्रको जलासयमा…

hero news full width