क्रिकेटमा कास्कीबाट ४८ खेलाडी

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
cricket kaski 48

पोखरा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लबबाट ४८ खेलाडी छानेर ४ टिम बनाएको छ । २ दिने शिविरमा झण्डै ८० खेलाडी सहभागी थिए । तीमध्ये टिम रुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएका हुन् ।

टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ तथा म्यानेजरमा रमेश यादव छन् । वेगनास क्याप्टेनमा कृष्ण पौडेल, कोच विजय रावत तथा म्यानेजर अरुण पौडेल छन् भने दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोच रिजन प्रजु तथा

म्यानेजरमा पूर्ण न्यौपाने रहेका छन् । फेवाको क्याप्टेनमा अभिषेक थापा, कोच ऋषिकेश शर्मा पौडेल तथा म्यानेजर कमल थापा छन् । ऋषिकेस शर्मा पौडेल र कमल थापा छनोटमा थिए ।
यही पुस १० देखि जिल्ला छनोट खेल सुरु हुने आयोजक संघका कोषाध्यक्ष वीरेन्द्र पुनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts