छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चमा कृष्ण

आदर्श समाज सम्वाददाता
पौष ४, २०८०
chhorepatan news photo

पोखरा । छोरेपाटन मावि पूर्व विद्यार्थीको भेलाले कृष्णबहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मावि भूपू विद्यार्थी मञ्च गठन गरेको छ ।

मञ्च वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्णप्रसाद पोख्रेल, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष कविता गुरुङ, सहसचिव ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ती क्षत्री तथा सदस्यमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र बराल चयन भए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पूर्व प्रअ लक्ष्मण थापा, विद्यालयका सहायक प्रअ खेमराज बराल (ध्रुव), मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दीपकराज बराल लगायतले मञ्चले पूर्व विद्यार्थी संगठित गरी विद्यालयको शैक्षिक तथा अन्य गतिविधिमा सहयोग गर्नुपर्ने सुझाव दिए ।

पूर्व विद्यार्थी कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्णप्रसाद पोख्रेल र सञ्चालन शालिकराम भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै