क्रिकेट विकासमा बन्दनाको चासो

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०८०
bandana

पोखरा । केसी ग्रुप निर्देशक बन्दना कार्की केसीले पछिल्लो समय नेपालमा क्रिकेट खेलको लोकप्रियता निकै माथि पुगेको बताएकी छन् ।

प्रादेशिक क्रिकेट संघ गण्डकी आयोजनामा पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पिएम कप महिला टि–२० क्रिकेट छनोट प्रतियोगितामा बिहीबार विशेष अतिथि भइ अवलोकन गर्न पुगेकी उनले नेपालले विश्वकप खेल्न सक्ने खेल किक्रेट नै भएको बताइन् ।

पोखरा उद्योग बाणिज्य संघका सदस्य एवं माछापुच्छे बैंकका सञ्चालक समेत कार्कीले नेपालले क्रिकेटमा सफलता पाउनुको पछाडि खेलाडीहरूको अथक मेहनत र लगनशीलता रहेको उल्लेख गरिन् । अब सरकारले पनि यो क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारमा ध्यान दिन आवश्यक रहेको बताइन्।

नेपालले क्रिकेटका मार्फतबाट खेल पर्यटनको विकास गर्न सक्ने प्रचुर सम्भावना रहँदारहँदै पर्यटकीय नगरी सहरमा सुविधासम्पन्न प्यारापिट सहितको मैदान बन्न नसक्नु दुखद हो भनिन् । उनले अब सरोकारवाला पक्षले यसतर्फ गम्भीर भएर लाग्न सुझाव दिइन् । सो अवसरमा उनले खेलमा उत्कृष्टता हासिल गरेका खेलाडीलाई पदकले सम्मान गरिन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts