पोखरा। अन्नपूर्ण गाउँपालिका–३, पुरानो मैदानस्थित समाजसेवा युवा परिवारको आयोजनामा भएको खुला एकल नृत्य प्रतियोगितामा कृषला परियार प्रथम भएकी छन् ।
क्लबको २३ औं वार्षिकोत्सव तथा दीपावली अवसरमा आयोजित प्रतियोगितामा रियस्का विक द्वितीय, प्रतीक्षा रसाइली तृतीय एवं सुदीप परियार सान्त्वना हुन सफल भए । उनीहरुले क्रमश ८ हजार, ५ हजार, ३ हजार, १ हजार साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । त्यस्तै पुनम विकलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले क्लबले रचनात्मक क्रियाकलापलाई महत्व दिँदै आएको उल्लेख गर्दै पाउँदुर क्षेत्रको विकासमा आफूले भूमिका खेलिरहेको औंल्याए ।
गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले हरेक व्यक्तिमा एक न एक प्रतिभा हुने उल्लेख गर्दै प्रतिभालाई उजागर गर्नुपर्ने औंल्याइन् ।
त्यस अवसरमा पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, गाउँपालिका पूर्व अध्यक्ष युवराज कँुवर, नेपाल सरकारका उपसचिव घनश्याम पौडेल, क्लबका संस्थापक अध्यक्ष इन्द्रप्रसाद पौडेल, वडा ३ का अध्यक्ष फणिन्द्रप्रसाद पौडेल, २ का अध्यक्ष पिताम्बर भण्डारी, वडा सदस्य कृष्णप्रसाद पौडेल, वडा ३ का पूर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ, लक्ष्मी आविका अध्यक्ष डिलबहादुर क्षत्री, स्थानीय समाजसेवी मोतिलाल पौडेल लगायतले रचनात्मक तथा विकासको कार्यमार्फत क्लबलाई २३ औं वर्षसम्म निरन्तरता दिएकोमा खुसी व्यक्त गर्दै सबैले आ–आफ्नो प्रतिभा उजागर गनुपर्ने बताए ।
क्लब अध्यक्ष नारायण पौडेल (नयन) को अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका पूर्व अध्यक्ष लोकनाथ पौडेल गरेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
मंसिर १३, २०८०फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०