पोखरा । काठमाडौं महानगरपालिका वडा १५ एवं जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठान को सहकार्यमा सम्पन्न महाकवि देवकोटाको ११५अैा जन्मजयन्ती समारोहमा उहाँ प्रति श्रद्वाञ्जलि व्यक्त गर्दै देवकोटाको व्यक्तित्व , कवित्व एवं बिविध साहित्यिक आयाम बारे विशद चर्चा गरियो।
सुमधुर स्वर संगीतका धनी गायक कलाकारहरू क्रमशः सन्देश श्रेष्ठ , जितेन्द्र राजोपाध्याय , देव कोइमि र विजनराज श्रेष्ठबाट राष्ट्रिय भावले अेातप्रोत साङ्गीतिक प्रस्तुतिकासाथ भव्यताका साथ सम्पन्न यस समारोहमा धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षता एवम् नेपाल ऋषि प्राज्ञ डा जगमान गुरूङ्ग को प्रमुख आतिथ्य एवं १५ न वडाका वडाध्यक्ष श्री इश्वरमान डंगोल , प्राडा जीवन अधिकारी, स्वयम्भू प्रहरि वृत्तका प्रतिनिधी हरूको विशिष्ट आतिथ्यमा सम्पन्न भयो ।
प्राडा जीवन अधिकारीले प्रमुख वक्ताको रूपमा महाकवि देवकोटा सम्वन्धि उहाका बिभिन्न साहित्यिक, सामाजिक आयाम , मानवता, प्रेम र इश्वरीय भावबारे बिस्तृत चर्चा गर्दै सुमधुर वाणीबाट काव्यिक चेतनाले भरिपूर्ण देवकोटा सम्वन्धी कविता प्रस्तुत गरेर श्रोतावर्गलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।
यस्तै चार जना गायक कलाकारहरूले मन छुने , हृदय झंङ्क्रित पार्ने , मिठो धूनले सजिएको राष्ट्रिय गीतको साङ्गीतिक प्रस्तुतिले हल गुंजायमान भएको थियो ।
साहित्यकार रामप्रसाद पंत वाट देवकोटाको विविध साहित्यिक गतिविधिबारे प्रकास पार्नु भयो भने १५ न वडाध्यक्षबाट आफ्नो संवोधनमा समग्र वडामा सास्कृतिक चेतनामा अभिवृद्वि गर्न अभियान संचालन गर्ने वारे व्याख्या गर्नु भयो ।यसरिनै प्रमुख अतिथिको आसनबाट नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरूङले महाकवि लक्ष्मीप्रसाद देवकोटा र जनकविकेशरि धर्मराज थापाका बहुआयामिक व्यक्तित्वका सन्दर्भमा आफ्न विशिष्ट मन्तव्य प्रकट गर्नु भयो ।
अध्यक्षकिय मन्तव्यमा मदनराज थापाबाट आफुले पद्मोदय हाइस्कूलमा पढदाखेरी नै देवकोटालाइ देखेको र महाकविको रूपमा नभएर व्यक्तिको रूपमा त्यस बखत चिनेको जानेको वारे भावुक भएर आफ्ना कुरा राख्नु भयो र ०१६ सालमा स्कूलका सारा विध्यार्थीहरू उहाको अन्तिम घडिमा पशुपति नाथ मा लाम लागेर दर्शन गर्दा खेरिको चित्रण वर्णन गर्दै आफ्ना स्मरण सुनाउनु भएको थियो ।
अन्तमा मदनराज थापाले उपस्थित विशिष्ट सम्पूर्ण व्यक्तित्व सहयोगी हरूलाई धन्यवाद दिदै , बिशेष गरि १५ वडासग समन्वय गर्न पाएकोमा खुसि व्यक्त गर्दै भबिष्यमा यस प्रकारको कार्यलाई निरन्तरता हुनु पर्ने वारे उल्लेख गर्नु भयो।कवि साहित्यकार प्रा कुन्जराज थापाबाट स्वागत गरिएको यस कार्यक्रमका उद्द्घोषक को भूमिकामा रहनु भएका साहित्यकार लक्ष्मण वियोगीले प्रभावपूर्ण तरिकाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०