पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभा शनबिार पोखरामा भएको छ ।
सभाको उद्घाटन गर्दै संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उज्झनमा डगमगाउन नहुने बताए ।
संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे ।
संघकी केन्द्रीय पार्षद शान्ति राणाले, व्यापकता सत्य भए तापनि त्यसैमा शक्ति हुन्छ भन्नु भ्रममात्र भएकाले सबै त्यो भ्रमबाट मुक्त भएर बाँच्नुपर्नेमा जोड दिइन् । उनले कृष्णजन्माष्टमीको दृष्टान्त दिँदै थपिन्, ‘हरेक परिवार सन्तानलाई श्रीकृष्ण जस्तो पहिरनमा सजाउन लालायित हुने तर यथार्थमा पुग्ने धैर्यता नभए जस्तै वर्तमानको पत्रकारिता देखिनु विडम्बना बनेको छ ।’
संघका केन्द्रीय पार्षद् विश्वलाल श्रेष्ठले समग्र विकास र समृद्धिका लागि निष्पक्ष पत्रकारिता भनेकै स्वतन्त्र पत्रकारिता रहेको औल्याए ।
साहित्यकार मदन भण्डारीले एउटा परिवारका सदस्य पारिवारिक स्वार्थका लागि फरक–फरक पार्टी सदस्यता लिएर हिँड्दै गरेको समाजमा स्वतन्त्र पत्रकारिता उकालोको यात्रा जस्तो देखिए पनि त्यसको फल सुन्दर हुने धारणा राखे ।
संघको आर्थिक तथा साङ्गठानिक प्रगति विवरण प्रस्तुत गर्दै कास्की अध्यक्ष असफल गौतमले जस्तो विषम परिस्थिति आइलागे पनि स्वतन्त्र पत्रकारिताको मर्म मर्न नदिन कलम कहिल्यै नडगमगाउने बताए ।
सोही समारोहबीच केन्द्रीय समितिकातर्फद्वारा कास्की अध्यक्ष असफल गौतम देशभरका सयौं पत्रकार संलग्न राष्ट्रिय लेख प्रतियोगितामा प्रथम भई एकलाख राशिसहित र साधारण सदस्य रुपनारायण ढकाल उत्कृष्ट १५ मा पर्न सफल भई १० हजार राशिसहित पुरस्कृत भएकोमा सम्मानसमेत गरिएको थियो ।
सभामा संघका केन्द्रीय महिला उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ, उप–महासचिव कल्याण पन्त, केन्द्रीय पार्षद लेखबहादुर थापा, तिलक थापा, संघका कास्की सह–सचिव डिल्लीराम काफ्ले, सदस्य रामबहादुर बानियाँ, सागर कार्की, गणेश बज्र लामा, रजनी तामाङ स्याङ्बोलगायतले स्वतन्त्र पत्रकारितालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
उच्च अदालतको मुख्य न्यायाधीशमा पोखराकी शान्तिसिंह थापासहित ६ जना सिफारिस
फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष
पत्रकार अधिकारीलाई वडाध्यक्षको धम्की, पत्रकार सम्बद्ध संस्थाले गरे निन्दा
लक्ष्मी आधारभूत पूर्व विद्यार्थी मञ्चमा छविराज
सबै अदालतलाई सूचना अधिकारी तोक्न आयोगको निर्देशन
hero news full width
मुख्य समाचार
जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मंसिर १९, २०८०मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०