प्रथम लामाचौर कप फुटबल : शीतलज्योति र आदर्श सेमीमा

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०८०
lamachur cup

पोेखरा । प्रथम लामाचौर कप फुटबल प्रतियोगितामा शीतलज्योति युवा क्लब र आदर्श युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

एलसी ब्रदर्स युनाइटेड आयोजनामा लामाचौर फुटबल मैदान, गोस्तेघाटमा जारी प्रतियोगितामा बुधबार क्वाटरफाइनलका खेल जित्दै उनीहरु अन्तिम चारमा पुगेका हुन् ।

पहिलो क्वाटरफाइनलमा शीतलज्योतिले नेपाल प्रहरी गण्डकी प्रदेशलाई हरायो । शीतलज्योतिको जितका लागि १५ औं मिनेटमा सन्दीप गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा नेपाल प्रहरीको कमजोर डिफेन्सको फाइदा उठाउँदै पुन १ गोल गरेका थिए ।
प्रतिस्र्धात्मक खेलको पहिलो हाफमा २ गोलले पछि परेको नेपाल प्रहरीले दोस्रो हाफको सुरुवातसँगै खेलमा पुनरागमन गर्‍यो । ३७ औं मिनेटमा विवेक गुरुङले १ गोल गरेका हुन् । ४२ औं मिनेटमा आशीष थारुले १ गोल गर्दै खेल बराबरीमा पुर्‍याए पनि सम्हालिन नसक्दा शीतलज्योतिका सन्दीप गुरुङले ५५ औं मिनेटमा ह्याट्रिक पूरा गर्न सफल भए । ५८ औं मिनेटमा शीतलज्योतिका युनिक तामाङले गोल गर्दै टिमको लागि ४–२ गोलअन्तरको जित दर्ता गराए । खेलमा सन्दीप गुरुङ म्यान अफ द म्याच घोषित भए।

दोस्रो क्वाटरफाइनलमा आदर्श युवा क्लब, भण्डारढिक सैनिक बस्तीले बानिया ब्रदर्श, लामाचौरमाथि ३–० गोलअन्तरको सहज जित हात पार्दै सेमिफाइनल यात्रा सुनिश्चित गरेको थियो । जितमा राजकुमार कुँवरले खेलको पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । बानिया ब्रदर्शका विशाल नेपालीको आत्मघाती गोलले आदर्श युवा क्लब २–० ले अगाडि रह्यो । आदर्शका लागि अन्तिम गोल खेलको ३७ औं मिनेटमा विकास परियारले गरे । खेलको म्यान अफ द म्याच आदर्शका कप्तान अर्जुन गुरुङ भए ।

तेस्रो क्वाटरफाइनलमा एलजी एसोसिएसन, लालिगुँरास टोल र गण्डकी स्पोर्टस मालेपाटनबीच हुनेछ । अर्कोमा बानिया ढिकुरपोखरी युवा समाज, नौडाँडा र एन टु कफी सप, टुँडिखेलबीच हुनेछ ।
गत १९ कात्तिकदेखि सुरु प्रतियोगितामा १४ टोलीले भाग लिएका छन् ।

विजेताले २ लाख र उपविजेताले १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र साथै विधागत पुरस्कार प्राप्त गर्ने छन् । फाइनल २५ कात्तिकमा हुनेछ ।

४ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता मैदान अभावले सेभेन ए साइडमा खेलाइने गरिएको थियो । हाल लामाचौरमै पूर्ण मापदण्डको फुटबल मैदान बनेकोले इलाभेन ए साइडमै खेलाइएको आयोजक एलसी ब्रदर्स युनाइटेडका अध्यक्ष शंकर केसीले बताए ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width