भूकम्प पीडितलाई हिमालय आँखा अस्पतालको सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०८०
eye himalaya 1

पोखरा । जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि नेपाल नेत्रज्योति संघ गण्डकी र हिमालय आँखा अस्पताल पोखराले आर्थिक सहयोग घोषणा गरेका छन् । संघले डेढ लाख रुपैयाँ नगद सहयोगका लागि राहत कोषमा पठाउने भएको जानकारी संघका अध्यक्ष सुरेन्द्र थापामगरले दिए ।

आँखा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुबाट समेत सहयोग हुने र त्यो सबै रकम नेपाल नेत्रज्योति संघको केन्द्रमा पठाइने भएको छ । अध्यक्ष थापामगरका अनुसार संघको केन्द्रले आर्थिक सहयोग सरकारी संयन्त्रमार्फत भूकम्प पीडितकहाँ पठाइने छ । पोखरा घारीपाटनको आँखा अस्पतालले गण्डकीका साथसाथै कर्णालीमा पनि आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको

Related News

सम्बन्धित समाचार

hero news full width

मुख्य समाचार