डोटीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
accident

पोखरा । डोटीमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान साढे २ बजे धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च म २७७६ नम्बरको बोलेरो गाडी डोटीको शिखर नगरपालिका ६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको थियो। दुर्घटनामा परी बाजुराको हिमाली गाउँपालिका(५ की २२ वर्षीया राधिका मलाल, सोही स्थानकी ३२ वर्षीया धनशोभा बुढा, धनशोभाकी ६ वर्षीय छोरा कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रार्थना मल्लको मृत्यु भएको छ।

बिमला मलाल गम्भीर घाइते छिन्। उनीसँगै थप पाँच जना घाइते भएका छन्। घाइतेहरूमा हिमाली गाउँपालिका ५ बस्ने ३० वर्षीय प्रकाश बुढा थापा, २३ वर्षीय खोम बहादुर मलाल, २४ वर्षीय दान बहादुर बुढा र २१ वर्षीय राजबहादुर मलाल छन्। उनीहरूको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ।

गाडीका चालक बाजुराको गौमुल गाउँपालिका ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width