केदारनाथको कविता संग्रह ‘सचेतना’ विमोचन

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
kedarnath (1)

पोखरा । केदारनाथ आचार्यको कविता संग्रह ‘सचेतना’ शनिबार विमोचन गरिएको छ । श्री अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति पोखरा १९ बगंैचाद्वारा आयोजित कार्यक्रममा संस्कृतिविद, साहित्यकार तथा लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकको विमोचन गर्दे साहित्यकार तथा लेखक तीर्थ श्रेष्ठले समाजका विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा नैतिक विषयवस्तुलाई यथार्थ किसिमबाट यस कृतिमा प्रस्तुत गरी नैतिकवान एवं सुसंस्कृत र सभ्य बन्न यस कृतिले प्रेरित गरेको बताए । पुस्तकमाथि समीक्षा गर्दै प्राडा शशिरमण सुवेदीले केदारनाथ आचार्यका कविताले समसामयिकता बोकेको बताउँदै ‘सचेतना’ नामक कविता संग्रह भित्रका कवितामा नेपाली समाजका विकृति र विसंगतिको चित्र उतारिएको चर्चा गरे ।

कार्यक्रममाा लेखक केदारनाथ आचार्यको जीवनमाथि प्रकाश पार्दे नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्यले गरे । पोखरा महानगरपालिका १९ लामाचौर वगैंचाधाममा २००७ साल वैशाख ३ गते जन्मिएका केदारनाथको सानैदेखि कविता वाचन गर्ने बानी रहेकोे र अहिले आएर पुस्तक प्रकाशन गरेकोमा आफूलाई निकै खुसी लागेको बताए ।

अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र आचार्यको अध्यतामा भएको कार्यक्रममा शुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष हरि बरुवाल पोखरा महानगरपालिका १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे वडा सदस्यहरु दुर्गादेवी बस्नेत, विकास आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रममा लेखक केदारनाथ आचार्यले ‘राजनीति’ शीर्षकको कविता वाचन गरेका थिए । त्यस अवसरमा लेखक दम्पतिलाई सम्मान गरिएको थियो । ६९ पृष्ठको कविता सग्रह ‘सचेतना’ मा २४ वटा कविता समावेश गरिएको छ । आचार्यको यो कविता सग्रह पहिलो कृति हो । कार्यक्रम अकलादेवी तथा लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समितिकी सचिव हीमा केसीले सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width