रक्सी खाएर महिलामाथि दुर्व्यवहार गर्ने हुम्लाका प्रहरी प्रमुख भट्टराईको जिम्मेवारी खोसियो 

आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०८०
dsp-bhimlal-bhattrai-1698471232

पोखरा ।  रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डिएसपी भीमलाल भट्टराईको जिम्मेवारी खोसिएको छ ।
डिएसपी भट्टराईले रक्सी खाएर महिलामाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले जिम्मेवारीबाट हटाएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

प्रहरी मुख्यालय काठमाडौंले उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ।

डिएसपी भट्टराईलाई यसअघि २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width