काठमाडौंमा सम्बोधिका साँझ !

आदर्श समाज सम्वाददाता
असाेज २९, २०८०
sambodhika (2)

पोखरा । नेपाल गणित समाजले आफ्नो कार्यशालाकै छेको पारेर एक कार्यक्रमका बिच सम्बोधिका साँझ सम्पन्न गरेको छ ।

समाजका सचिव तथा स्रष्टाका अन्तरङ्ग मित्र डा प्रमेश कट्टेलले अत्यन्त रोचक ढङ्गले उक्त साँझ सञ्चालन गर्दै सोधे- ”सम्बोधिका को हो ? सम्बोधिका के हो ?हजुरहरूलाई थाहा छ ? कविकी पत्नी तथा उनकी प्रेमिका कवि रिता अधिकारी ऋतुलाई पनि लाग्छ, यो कुरा अरुलाई थाहा नभए नि मलाई चाहीँ पक्कै थाहा छ। तर पत्याउनुस्, नपत्याउनुस्, अहँ मलाई पनि थाहा छैन। त्यसो भएसी तपाई ढुक्क हुनुस्, यो कविलाई पनि थाहा छैन ।सायद यो कम्प्लेक्स भ्यालुड फक्सन हो, तपाई रियल स्पेसमा यस्लाई खोज्दै हुनुहुन्छ ।यो आत्मापरमात्मासित जोडिएको विषय हो । अमूर्त अनि अलौकिक ! साथी भनेको यस्तै हुनुपर्छ ।

म अब ढुक्क भएँ , स्रष्टा डा ईश्वरमणि अधिकारीले त्यसोभन्दा माहौल अर्कै भयो । साँझमा समाजका उपसभापति तथा साहित्यका अध्येता डा श्रीराम खडकाले यौटा गणितज्ञको लेखकीय विशिष्टता तथा सामर्थ्यको चर्चा गर्दै सम्बोधिका नेपाली मुक्तकको मानक कृति भएको र लेखनमा म्याथमेटिकल अप्टिमाइजेसनको अधिकतम उपयोग भएको धारणा व्यक्त गरे ।

न्यूततम शब्द र पदावलीमा अधिकतम भाव गाम्भिर्य बोकेका उनका मुक्तकले समय, समाज, विचार, दर्शन र प्रेमलाई सम्बोधन गरेको बताउँदै सम्बोधिकाको काव्यिक सौन्दर्य, भाव गाम्भिर्य, संरचनात्मक कौशल तथा स्पर्श सामर्थ्यको हृदय खोलेर प्रशंसा गरे ।

कार्यक्रममा कवि तथा समाजका सहसचिव डा ईश्वरमणि अधिकारीले सङ्ग्रहबाट आफ्ना रोजाइका ५ मुक्तक सुनाउँदै सिर्जना अनुभवसहित गणित र साहित्यको अन्तरसम्बन्धको चर्चा गर्दै गणित समाजको यस्तो कार्यक्रमले आफूले आफ्नो घरमा न्यानो छानो पाएको महसुस गरेको धारणा व्यक्त गरे ।

धन्यवाद ज्ञापन गर्दै कार्यक्रममा समाजका सभापति प्राडा नारायण प्रसाद पहारीले आफूले आजभन्दा झण्डै तीन दशकअघि आफैँले पढाएको चेलाको प्रेमिल दर्शन र विचारबाट आफू प्रभावित भएको बताउँदै गणितमा साहित्यको महत्व र जीवनमा प्रेमको असरका बारेमा आफ्ना धारणा व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width