रिडर्स कर्नरमा किताब मेला

आदर्श समाज सम्वाददाता
असाेज २२, २०८०
readers corner

पोखरा । रिडर्स कर्नर पोखरामा किताब मेला सुरु भएको छ । नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला सुरु भएको हो ।

रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए । हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला सुरु गरिएको भण्डारीको भनाइ छ । ‘रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ । यो छैटौं किताब मेला हो,’ उनले भने, ‘चाडबाडलाई किताब विशेष बनाऔं भनेर किताबप्रेमीलाई केही सहुलियतसहित किताब मेला सुरु गरेका छौं ।’

भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ । १९ सय ९९ रुपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रुपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ । ३५ सयदेखि ४९ सय ९९ रुपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ । यस्तै, ५ हजार रुपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ ।

किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९ सय ९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अंग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ । २६ हजारदेखि ४९ हजार ९ सय ९९ रुपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ । ५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ । भण्डारीले कर्नरमा उपलब्ध किताबहरूमध्ये मेलामा केही किताब खरिदमा ५० प्रतिशतसम्म छुटमा बिक्रीका लागि राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width