मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु   

आदर्श समाज सम्वाददाता
असाेज १९, २०८०
Corona-deaths-1200

मनाङ ।  हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् ।
डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक र पोटरसहित बा६च ७५६ नम्बरको गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे आउँदै गरेका थिए ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत मनाङको नासों गाउँपालिका–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा बुधबार राति उनी सडकबाट करिब सय मिटर तल मस्र्याङ्दी नदी किनारमा खसेका मनाङका प्रहरी नायब उपरीक्षक फणिन्द्र रानाभाटले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चामे र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उहाँको राति नै उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे ल्याएको थियो । उपचारकै क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक रानाभाटले बताउनुभयो ।

डेभिजको शव परीक्षणका लागि हेलिकोप्टरमा बिहीबार त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।   रासस

Related News

सम्बन्धित समाचार

  • मन्त्री थापाको १०० दिन

    आदर्श समाज सम्वाददाता भाद्र २४, २०८१
    पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कांग्रेस नेता विन्दुकुमार थापाले मन्त्रालय सम्हालेको १०० दिन पुगेको छ । गत १६ जेठमा…
  • दरबन्दी नहुँदा रोकियो पाँचौ तहका कर्मचारीको बढुवा

    प्रकाश ढकाल भाद्र २०, २०८१
    तीन तहको सरकार बनेपछि संघ सरकारले आफूमातहत कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटनपटन गर्न कर्मचारी समायोजन ऐन बनायो । प्रदेशमा…
  • संस्कार सिकाउने शिक्षामा केन्द्रित: मन्त्री थापा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले शिक्षा क्षेत्रमा सुधार ल्याउन तीनै तहको सरकार एक…
  • गण्डकी सरकारमा एमाले इन, मनाङे आउट

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई…
  • ‘निजी क्षेत्रको पीरमर्का सम्बोधन हुनेछ’

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले निजी क्षेत्रको पीरमर्का सम्बोधन गर्न प्रदेश सरकार तयार…

hero news full width