वसन्तका २ कृति सार्वजनिक

आदर्श समाज सम्वाददाता
असाेज १६, २०८०
Basanta ka 2 kriti

काठमाडौं । सहप्राध्यापक गोपाल पौडेल ‘कसन्त’ का २ कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अंग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवनजगत् बुझाउने काव्य हुन् ।

त्रिविअन्तर्गत धनकुटा क्याम्पसमा लामो समयसम्म अंग्रेजी भाषा र साहित्यको प्राध्यापन गरेका वसन्तको ‘हे देव तिमी’ मा ९ वटा लामा कविता छन् । पूर्वीय जीवन पद्धतिका उनका कवितामा ज्ञान र विज्ञानमध्ये ज्ञानको सत्ता नै सर्वोपरी हुने सत्य स्थापना गरिएको छ ।

त्यसभन्दा भिन्न अंग्रेजीको ‘आउट अफ बक्स’ २ सय २८ छोटा कविताहरुको संग्रह हो । अनुभूति, अध्यात्म, जीवन दर्शन, प्रकृतिलगायतका विविध विषय समेटिएका छोटा कविता साँच्चिकै कलात्मक छन् ।

उनका यसअघि ३ कविता संग्रह प्रकाशित भइसकेका छन् । तीमध्ये अंग्रेजीको ‘मन’ र ‘मन र प्राण’ संयुक्त राज्य अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीको दक्षिण एसिया अध्ययनमा पाठ्य सामग्रीका रुपमा रहेका छन् । ‘आउट अफ बक्स’ पनि सन्दर्भ सामग्रीरुपमा राखिएको त्यहाँका प्राध्यापक डा. मारोहाङ याक्थुङले भूमिकामा लेखेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width