१०५ वर्षे इन्द्रकला गौतमलाई महानगर माता सम्मान

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८०
mahanagar mata

पोखरा । पोखरा महानगरले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर १ सय ५ वर्षे इन्द्रकला गौतम पाध्यालाई महानगर माताको उपाधिसहित सम्मान गरेको छ ।

पोखरा महानगरका ३३ वडामध्ये सबैभन्दा ज्येष्ठ नागरिक पाध्यालाई महानगरको सामाजिक विकास महाशाखाले आइतबार सम्मान गरेको हो ।

पोखरा ७ को कार्यालयमा आयोजित कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले पाध्यालाई सम्मान गरिन् । स्याङ्जा पुतलीबजार १३ कुलबाँधमा जन्मेकी पाध्याको स्थायी घर तनहुँको बाबियाडाँडा हो । हाल उनी छोराहरु डण्डपाणि र ईश्वरवन्धुका साथमा पोखरामा बस्दै आएकी छन् ।

सम्मान कार्यक्रममा पाध्याका छोराहरुसहित परिवार, वडाध्यक्ष राममोहन आचार्य, सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, जनप्रतिनिधिहरु सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width