पोखरा । पोखरामा ११ औं राष्ट्रिय विज्ञान दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) को संयोजकत्वमा पोखरामा रहेका विज्ञान प्रविधिसँग सम्बन्धित संघ संस्थाको सक्रियतामा प्रभात फेरी, प्यानल छलफल गरेर मनाइएको हो ।
कार्यक्रममा फिजिकल, केमिकल, जियोलोजिकल सोसाइटी, विज्ञान शिक्षक समाज लगायतले साथ दिएको जिपास्टका कार्यकारी निर्देशक ढाकाराम भण्डारीले जानकारी दिए । प्रभात फेरी पछि भएको प्यानल छलफलमा विज्ञान दिवसको नारा ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशिला’ का विषयमा छलफल गरिएको थियो ।
उक्त छलफलमा गण्डकी मेडिकल कलेजकी जनस्वास्थ्यकी प्रोफेसर विमला शर्मा, त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्रका प्रोफेसर अंकलदेव मिश्र, त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्रका प्रोफेसर लेखनाथ भट्टराईसँग गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले छलफल गरेका थिए । त्यहाँ विज्ञान प्रविधि क्षेत्रमा लगानी कम अनि भएको लगानी पनि उचित प्रयोग नभएको बारेमा चर्चा भएको थियो । राजनीति र कर्मचारीतन्त्रका कारण अनुसन्धान भएको विषयमा कुरा उठेको थियो ।
जिपास्टले विज्ञान दिवसमा मात्र नभएर अन्य दिनमा पनि विज्ञान प्रविधिको क्षेत्रमा काम गरिरहेको उनले सुनाए । जिपास्ट आफैं भरतपोखरीमा प्रयोगशाला स्थापना गरिसकेको छ भने वन क्याम्पससँग मिलेर बनाउने तयारीको योजना छ । आगामी दिनमा अनुसन्धान कोष ऐन र नियमावलीमा आएकाले सञ्चालनको तयारीमा रहेकाले प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढ्ने उनले बताए । यो कामका लागि प्रदेश सरकारले सहयोग गरिदिनुपर्ने उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
कर्णालीमा एनसेलको फोरजी
पामेमा डिमहोमको फाइबरनेट सेवा
युवाले ठूला सपना देख्नुपर्छ: सिइओ जाब्बोर
एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’
एनसेललाई सम्मान
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०