पोखरा । पोखरामा आफ्नै घरमा काम गर्ने एक युवतीले १६ तोला सुनका गरगहना चोरी गरेको घटना सार्वजनिक भएको छ । उक्त अभियोगमा पर्साको पर्सागढी नगरपालिका २, घर भइ हाल पोखरा १२ बस्ने २२ वर्षीया शिवदेवी चौधरी पक्राउ परेकी छन् । यस्तै चोरीका गहना लुकाउने मोबाइल पसलका सञ्चालकसमेत कास्की प्रहरी नियन्त्रणमा छन् ।
पोखरा १२, पशु सेवा तालिम केन्द्र कार्यालय परिसरको आवास कोठामा बस्नेले आफ्नो अन्दाजी १६ तोला बराबरका सुनका गरहगना चोरी भएको र खोजतलासी गरी पाउँ भनी कास्की प्रहरीमा गत भदौ २५ मा उजुरी दिएका थिए । उजुरी आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त आवासमा काम गर्ने शिवदेवी चौधरीलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनले सुनका गरगहना चोरी गरी बुद्धचोकमा रहेको एक मोबाइल पसलमा लुकाउन दिएको बयान दिइन् । प्रहरीले पसल खानतलासी गर्दा चोरीका १६ तोला बराबरका विभिन्न सुनका गरगहना त्यहीँ भेटायो । र, पसल सञ्चालक सुजन अधिकारीसमेतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले जनाए ।
कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । पीडितको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
Related News
सम्बन्धित समाचार
जबरजस्ती वेश्यावृत्तिमा लगाइएका बालिकाको उद्धार
लैंगिक हिंसामध्ये ८० प्रतिशत घरेलु
जातीय विभेद गर्ने पोखरा २४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
उत्कृष्ट १६ करदाता सम्मानित
ढोरपाटनका मेयर देवकुमार भन्छन्: बचतकर्तालाई घरजग्गा हस्तान्तरण गर्न तयार छु- सम्पति विवरणसहित
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०