किताब साटेर मनाइयो पुस्तकालय दिवस

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०८०
random news final

पोखरा । १६ औं राष्ट्रिय पुस्तकालय दिवस ¥यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले आपसमा पुस्तक साटासाट गर ।

कार्यक्रममा पुस्तकालय दिवसको महत्वमाथि सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले चर्चा गरेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरे ।

यसैबीच नवगठित कार्यसमितिका पदाधिकारीलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलले पदस्थापन गराए । समिति अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष धु्रव केसी र सहसचिव दीपक पराजुली छन् ।

सदस्यहरूमा बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने ‘काजी’ छन् । समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत छन् ।

सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिवार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…

hero news full width