एनसेललाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

आदर्श समाज सम्वाददाता
भाद्र ११, २०८०
Ncells – Copy

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जितेको छ ।

एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभयकुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशीष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरू, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरूको सम्मान हो ।

‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्ने छौं ।’

विभिन्न विधाअन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्डभित्र रही निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरूको विवरणहरूलाई ध्यानपूर्वक मूल्यांकन र विश्लेषण गरेको थियो ।

शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रालिको स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो । सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।

एनसेल आजियाटा लिमिटेड नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । सरकारले अंगीकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्‍याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्‍याइरहेको छ ।

एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक हो । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको छ । त्यसैगरी एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width