सामसङको जेड फ्लिप ५ र जेड फोल्ड ५ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०८०
Galaxy Z Flip5, Z Fold5 Main KV_OOH_H_230512

पोखरा । सामसङले ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरेको छ ।

मंगलबार पोखरामा आयोजित कार्यक्रममा ती स्मार्टफोन सार्वजनिक गरिएको हो । सार्वजनिकअघि सामसङका प्रोडक्ट म्यानेजर रवि क्षत्रीले दुवै मोबाइलको विभिन्न विशेषता प्रस्तुत गरेका थिए ।

ती मोबाइल धेरै टिकाउ बनाउन सावधानीपूर्वक निर्माण गरिएको म्यानेजर क्षत्रीले जानकारी दिए । जमसा हरेक उपकरण ५ वर्षको सेक्युरिटी अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ ।

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको उपकरण हो, जसले स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ । यो ८+२५६ जिबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९ सय ९९ तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड ५ कालो र नीलो गरी २ प्रकारका आकर्षक रंगमा पाइनुका साथै १२ जिबी मेमोरीसहित २५६ जिबी र ५१२ जिबी स्टोरेजमा उपलब्ध छ । ग्यालेक्सी जेड फोल्ड ५१२ जिबी मेमोरी र २५६ जिबी स्टोरेजको मूल्य २ लाख २६ हजार ९ सय ९९ र ग्यालेक्सी जेड फोल्ड ५ १२ जिबी मेमोरी ५१२ जिबी स्टोरेजको मूल्य २ लाख ३९ हजार ९ सय ९९ कायम गरिएको छ ।

यी मोडलको प्रि–अर्डर साउन २२ देखि नै सुरु भइसकेको छ । साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकले २५ हजार रुपैयाँसम्म फाइदा हुने केही आकर्षक उपहार रोज्न सक्नेछन् । ग्राहकले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रतिमहिना ७ हजारसम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्ने सुविधा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width