पोखरामा मनाइयो भारतीय स्वतन्त्रता दिवस

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०८०
indian independent day (4)

पोखरा । पोखरामा मंगलबार ७७ औं भारतीय स्वतन्त्रता दिवस मनाइएको छ । रामबजारस्थित भारतीय राजदूतावास पेन्सन वितरण क्याम्पमा कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

पेन्सन वितरण कार्यालयका प्रमुख ले.कर्णेल प्रशान्तसिंह बघेलले भारतीय राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रम शुभारम्भ गरे । समारोहका प्रमुख अतिथि शिक्षाविद् जर्ज जोन थिए । भूपूहरु सैनिक र भारतीय नागरिक र नेपाल भारतमैत्री विद्यालयका अभिभावकको उल्लेख्य उपस्थिति थियो ।

कार्यक्रममा नेपाल भारतमैत्री विद्यालयका विद्यार्थीद्वारा दुवै देशको राष्ट्रियगान गाउनुका साथै सांस्कृतिक, कार्यक्रम, खेलकुदका कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतले हरेक वर्ष अगस्ट १५ तारिखमा स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…

hero news full width