राजयोगिनी दुर्गालाई स्वर्ण सम्मान

आदर्श समाज सम्वाददाता
असार १९, २०८०
Bramha kumari by kp bastola

पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले संस्थामा समर्पित भई ५० वर्षभन्दा बढी सेवा पुर्‍याएकी राजयोगिनी ब्रह्माकुमारी दुर्गामाताजी (चुनिमाया बराल) लाई उनको ८४ औं शुभ जन्मोत्सवको अवसरमा स्वर्ण सम्मान प्रदान गरेको छ ।

पोखरा ११, फुलबारीमा निर्माणाधीन शान्ति अनुभूति केन्द्रमा आयोजित समारोहमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका पर्यटन, उद्योग वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले मानवताप्रति समर्पित जीवन नै सार्थक जीवन हो भने । मानिसको जीवन कर्कलाको पानी जस्तै भएको उल्लेख गर्दै उनले भने, ‘जति बाँचिन्छ सबैको उद्धार गर्न सकौं । सत्कर्मले नै हामी बाँच्दछौं ।’

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नो जीवन कस्तो बनाउने भन्ने हाम्रो आफ्नै हातमा रहेको छ भन्दै समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । उनले दिव्यशान्ति अनुभूति केन्द्र भवनले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका वरिष्ठ निर्देशक राजयोगिनी ब्रम्हाकुमारी सुरेन्द्रले दीर्घायुको शुभआशीर्वाद दिंदै संस्थामा दुर्गा माताजीको अतुलनीय योगदान रहेको बताइन् ।

संस्थाकी उपनिर्देशक तथा नेपालगञ्ज शाखाकी प्रमुख सञ्चालक राजयोगिनी ब्रम्हाकुमारी दुर्गादेवीले सपरिवार ईश्वरीय सेवामा लगाउने दुर्गामाताजी उदाहरणीय प्रेरणाकी स्रोत भएको उल्लेख गरिन् ।

सम्मानित राजयोगिनी दुर्गामाताले ईश्वरीय सेवामा समर्पित हुन पाउँदा खुसी मिलेको बताइन् ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशक राजयोगिनी परिणीताको अध्यक्षतामा भएको कार्यक्रममा सहनिर्देशक राजयोगिनी कमला (बुटवल), बनारस क्षेत्रका प्रबन्धक राजयोगी दीपेन्द्र अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका महासचिव शैलेषराज बरालले स्वागत तथा नयाँबजार शाखाकी सञ्चालिका राजयोगिनी शोभाले स्वागत मन्तव्य राखेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width