पोखरा । पोखरा बर्ड सोसाइटीले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा चरा अवलोकन गरेको छ । सोमबार वातावरण दिवसको छेकोमा सोसाइटीमा आबद्ध चराप्रेमीले संग्रहालय परिसरमा ४४ मिनेट चरा अवलोकन गरे ।
३२ प्रजातीको चरा भेटिएको पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए । उनका अनुसार हिमालयन बुलबुल, इन्डियन गोल्डेन ओरियोल, कपरस्मिथ बार्बेट लगायत चरा देखिए ।
‘अझै बढी चरा देखिनुपर्ने हो । हामीले ७ बजे अगाडि नै अवलोकन गर्दा ३२ प्रजाती देख्यौं । यो संख्या पनि राम्रो हो’, उनले भने, ‘ग्रीष्मकालीन आगन्तुक चराले त गुँड नै बनाएर बसेका रहेछन् ।’
पोखरामा सन् २०१९ सम्म ४ सय ६७ प्रजातिको चरा भेटिएकोमा अहिले ४ सय ८८ प्रजातिका चरा रहेका छन् । संग्रहालय १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ चाप, सिसौ, पैयु, खयर, लाकुरी, पारिजात, टुनी लगायत झन्डै ९ सय बोटबिरुवा छन् ।
२०६१ साल माघदेखि नेपाल पवर्तरोहण संघले सञ्चालनमा ल्याएको संग्रहालय हिमाल र हिमाली जनजीवन चिहाउने थलो बनेको छ ।
वातावरण दिवसमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा प्लास्टिकजन्य फोहोरले दीर्घकालसम्म वातावरणलाई असर पु¥याउनेमा चिन्ता व्यक्त गरिएको छ । वक्ताहरूले वातावरण जोगाउन बिरुवा रोप्नुपर्नेमा जोड दिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले प्रकृतिलाई जोगाउन रुख महŒवपूर्ण रहेको बताए । ‘रुखले वातावरणमा सकारात्मक प्रभाव पारिरहेको छ’, उनले भने, ‘रुख हाम्रो जीवन र जगत्का लागि कति महŒवपूर्ण छ, यसले दिने प्राणवायुबाट नै प्रष्ट छ ।’
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव विशाल घिमिरेले वातावरण नबिगारीकन पछिल्लो पुस्तालाई सुम्पनुपर्नेमा जोड दिए । प्लास्टिकको प्रयोग सजिलो भए पनि दीर्घकालीन असरबारे सचेत हुनुुपर्ने उनले बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले वातावरण जोगाउने जिम्मेवारी हरेक नागरिकको भएको बताए ।
पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेले रोएिका बिरुवा जोगाएमात्रै उपलब्धि हुने बताए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयका सदस्य बबरजंग गुरुङले जलवायु परिवर्तन विश्वकै लागि चुनौती थपिएको बताए ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयकी कार्यकारी निर्देशक निर्मला न्यौपानेले संग्रहालयको डिपिआरअनुसार नै वृक्षरोपण गरेको बताइन् ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०