पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन जेठ १२ बाट सुरु हुने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन आह्वान गरेका हुन् । अधिवेशनको पहिलो दिन अर्थात् १२ गते नै अर्थमन्त्री जीतप्रकाश आलेले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने छन् । त्यसअघि सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
वैशाख १४ गते नियुक्त भएर १५ गते पदभार ग्रहण गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २१ गते विश्वासको मत लिएका थिए । वैशाख २९ मा मन्त्रिमण्डल पूर्ण भएसँगै सरकार नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको थियो । आलु आवका लागि ३५ अर्ब ९० करोडको बजेट प्रस्तुत भएकामा आगामी वर्षको बजे घट्ने देखिएको छ । संघ सरकारबाट अनुदान कटौती, राजस्व आम्दानीमा कमीका कारण पनि बजेटको आकार घट्ने पक्का छ ।
बजेट प्रस्तुत हुनु १५ दिन अगावै बजेटको सिद्धान्त र प्राथमिकता सदनबाट पारित भइसक्नुपर्छ । प्रदेश सरकारको बजेट असार १ गते प्रस्तुत गर्नुपर्छ । त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ ।
Related News
सम्बन्धित समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
hero news full width
मुख्य समाचार
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०