पोखरा । मातातीर्थ औंसी अवसर पारेर ‘आमा भनेकै आमा हुन्’ गीतको भिडियो बुधबार लोकार्पण गरिएको छ । सञ्चारकर्मी सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर छ । भिडियो निर्देशन नेत्र गुरुङले गरेका हुन् ।
पोखरामा आयोजित समारोहमा गीतकार मल्लकी आमा चिजमाया र र गायक बानियाँकी आमा शान्तिले संयुक्त लोकार्पण गरे ।
रेडियो अन्नपूर्णका स्टेसन म्यानेजरसमेत रहेका गीतकार मल्लले सन् २०१५ मा मातातीर्थका दिन आमालाई समर्पण गरेर लेखिएको गीत ८ वर्षपछि स्रोता÷दर्शक समक्ष ल्याउन पाउँदा खुसी लागेको सुनाए ।
कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले आमा शब्द आफैँमा महान् भएको भन्दै सानैमा आमा गुमाएकाले आमा भन्ने बित्तिकै गला अवरूद्ध हुने गरेको बताए ।
पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले आममानिसले बाँचेको जीवनको पाटोलाई गीतले समेटेको बताए ।
प्राज्ञ हरिदेवी कोइरालाले आमाको महिमा विशाल रहेको भन्दै गीतको म्युजिक भिडियो हेर्दै गर्दा आफ्नो आमाको दुखलाई सम्झिएको बताइन् । गायक विनोद बानियाँले भिडियो सबैले रुचाउनेमा आशावादी बने । कास्कीकोटमा छायांकन गरिएको गीतको भिडियोमा खिमकुमारी सुवेदी र अनील कार्कीले अभिनय गरेका छन् ।
Related News
सम्बन्धित समाचार
अम्बिकाले ल्याइन् ‘आमाको मन’
लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार मीरा र ध्रुवेशचन्द्रलाई
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
गजलकार एवं गीतकार प्रकट पगेनी गम्भीर बिरामी
पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्वजनिक
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१