राष्ट्रका लागि सांगीतिक अभियात्रा

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७९
Sangeet Yatra~pic durga paudel

तस्बिर : दुर्गाप्रसाद पाैडेल

पोखरा। राष्ट्रका लागि संगीत अभियात्रामा निस्केका कलाकारले मंगलबार पोखरामा जनवादी गीत प्रस्तुत गरेका छन् । अग्रजदेखि युवा कलाकार संलग्न झण्डै दुई दर्जन कलाकारको टोलीले पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एकल र सामूहिक गीत प्रस्तुत गरेका थिए ।

‘आऊ मिलाम हाम्रा हातहरु’ गीत सामूहिकरुपमा प्रस्तुत गरेर शुभारम्भ कार्यक्रममा उनीहरुले त्इसपछि एकल गीत प्रस्तुत गरेका ।

जनवादी गायक जीवन शर्मा, माधव प्रधान, उदय श्रेष्ठ, मणि थापा, कुस्मिता दर्लामी, केशरी घर्तीमगर, उदय रिजाल, नारायण शर्मा, विकास लुंगेली, कर्ण विद्रोही, कविता पुन, मोहित श्रेष्ठ, टेक बलम्पाकी, चिरन सी, नीलिमा पुन, प्रगति महरा, नारायण दंगाल, सन्ध्या मगर, कविता पुन, लक्ष्मण पाख्रिन, अनु शर्मा, निशा बुढा मगर लगायतका कलाकार अभियात्रामा संलग्न छन् ।

चैत ४ मा धनगढीबाट सुरु यो यात्रा वीरेन्द्रनगर, घोराही, बुटवल, भरतपुर, हेटौंडा, बर्दिबास, धरान र विर्तामोडमा सम्पन्न भइसकेको छ ।

देश र जनता अप्ठेरोमा परेको महसुस गरी सांस्कृतिकरुपमा जनतालाई सचेत गराउने उद्देश्यले राष्ट्रका लागि संगीत अभियात्रा सुरु गरिएको जनवादी गायक जीवन शर्माले बताए । देश र राष्ट्रियता अप्ठेयारोमा परेकोले सबै जना एक ठाउँ उभिन कलाकारबाट नेताले सिक्नुपर्ने सन्देश दिने उद्देश्य पनि कार्यक्रमले बोकेको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width