भारतका पूर्वक्रिकेटर सलिमको निधन

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
Salim-Durani-Crickter-of-India1680410387

पोखरा भारतका पूर्वक्रिकेटर सलिम दुरानीको निधन भएको छ। दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो। आफ्नो पालामा उनी अलराउन्डर क्रिकेटरको रुपमा चिनिन्थे।

आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको इएसपिएनले जनाएको छ।

सन् १९७१ मा वेस्ट इन्डिजमा भारतलाई पहिलो टेस्ट क्रिकेट जिताउन मद्दत गरेका कारण उनलाई सबैभन्दा धेरै सम्झना गरिन्छ। गत जनवरीमा उनको तीघ्राको हड्डीको अपरेसन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width