पोखरा । एसिया ट्राइयाथलन कप प्रतियोगितामा पुरुषतर्फ लक्जेम्वर्गका बव हलर र महिलातर्फ स्लोभाकियाकी मार्गरेटा विकानोभाले जितेका छन् ।
पोखराको लेकसाइडमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ हलरले समग्रमा ५५ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै उपाधि तिजेका छन् । उनले ७.५ किमी पौडी ९ मिनेट ६ सेकेन्ड, २० किमी साइक्लिङ २८ मिनेट १६ सेकेन्ड र ५ किमी दौड १७ मिनेट १३ सेकेन्डमा पूरा गरेका हुन् ।
उज्वेकिस्तानका एलेक्सान्ड कुरिसोभ हलरभन्दा २ सेकेन्ड मात्रले पछि पर्दा दोस्रोमा सीमित भए । उनले पौडी ८ मिनेट ५८ सेकेन्ड, साइक्लिङ २८ मिनेट १५ सेकेन्ड र दौड १७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै समग्रमा ५५ मिनेट ५७ सेकेन्ड लगाए ।
लक्जेम्वर्गका स्टेफन जाचाउस तेस्रो (५६ मिनेट १ सेकेन्ड) तेस्रो र जापानका क्योटारो योसिकावा (५६ मिनेट ९ सेकेन्ड) चौथो भए ।
महिलातर्फ उपाधि विजेता स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ४ मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । जापानकी मिनोरी इकेनोले १ घन्टा ५ मिनेट १८ सेकेण्ड दोस्रो र जापानकै चिस्टो नाकाजिमा १ घन्टा ५ मिनेट ३० सेकेण्ड लगाउँदै तेस्रो भइन् ।
साउथ एसियन कपतर्फ इलाइट पुरुषतर्फ भारतका आदर्श मुरालीधरन नेर सिनिमोल पहिलो भए । उनले पौडी ११ मिनेट १ सेकेण्ड, साइक्लिङ ३२ मिनेट ५८ सेकेण्ड र दौड १८ मिनेट ४८ सेकेण्ड गरी कुल १ घण्टा ४ मिनेट १६ सेकेन्ड लगाए । भारतकै विश्वनाथ यादव दोस्रो र नेपालका वसन्त थारु तेस्रो भए । विश्वनाथले समग्रमा १ घण्टा ६ मिनेट २५ सेकेन्ड र वसन्तले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पूरा गरेका हुन् ।
सोही इभेन्टको महिलातर्फ प्रज्ञा मोहन प्रथम, भारतकी मान्सी मोहित दोस्रो र नेपालकी श्रेवी महर्जन तेस्रो भए ।
राष्ट्रिय ट्राइयाथलन इलाइट पुरुषमा वसन्त थारु प्रथम भए । उनले समग्रमा १ घण्टा ६ मिनेट ५२ सेकेन्डमा दुरी पूरा गरेका हुन् । दीपेश चौधरी दोस्रो र मौलिक महर्जन तेस्रो भए । दीपेशले समग्रमा १ घण्टा ९ मिनेट १७ सेकेण्ड र मौलिकले १ घण्टा ११ मिनेट ३ सेकेण्डमा दुरी पार गरे । सुसिम चित्रकारले १ घण्टा १५ मिनेट ८ सेकेण्ड लगाउँदै सान्त्वन भए ।
सोही इभेन्टको महिलातर्फ श्रेवी महर्जन प्रथम (१ घण्टा १८ मिनेट), केशरी थापामगर दोस्रो (१ घण्टा ३२ मिनेट ३१ सेकेण्ड) भए ।
साउथ एसियन पुरुष जुनियरतर्फ भारतको वर्चश्व रह्यो । भारतका खुन्द्रापाम नाम्वा पहिलो, पर्थ मिराज दोस्रो र श्रीदाथ सुधीर तेस्रो भए । नेपालका यदु महर्जन चौथो भए । जुनियर महिलातर्फ भारतकी सन्जना सुनिल जोशी पहिलो, नेपालकी श्रेवी महर्जन दोस्रो र भारतकी देविका शर्मा तेस्रो भए ।
प्रतियोगितामा १९ राष्ट्रका खेलाडीले भाग लिएका थिए । तीमध्ये ४७ पुरुष र १९ महिला थिए ।
ट्राइयाथलनअन्तर्गत दुई विधा ७५० मिटर पौडी, २० किमी साइक्लिङ र ५ किमी दौडको ट्राइयाथलन र ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौडको दुवाथलन हो । दुवाथलन आइतबार हुनेछ ।
सन् २०१९ मा तत्कालीन अन्तर्राष्ट्रिय ट्राइयाथलन महासंघ (आइटियु) ले नेपाललाई एसिया कप गर्ने स्वीकृति प्रदान गरेपछि नेपालमा ट्राइयाथलनको खेलले निरन्तरता पाएको नेपाल ट्राइयाथलन संघ अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ बताउँछन् ।
Related News
सम्बन्धित समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०