पोखरा । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की अध्यक्षमा पार्वती पाण्डे चयन भएकी छन् । जिल्लाको प्रथम अधिवेशनबाट उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्यामप्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारी निर्विरोध भए ।
सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती ढुंगाना, सरा बोगटी, विष्णु पहारी, मिठुदेवी लामिछाने, शिवराज अधिकारी, धनप्रसाद गुरुङ र शेरकाजी गुरुङ चयन भए ।
‘सम्पदा संरक्षण र गन्तव्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले गरे । उद्घाटनपछि उनले आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसको व्यावसायिक प्रवद्र्धनको लागि सबैको साझा सोच र अग्रसरताको आवश्यता रहेको बताए । उनले कुनै कच्चा पदार्थ विनानै उद्योग सञ्चालन गर्न सकिने पर्यटन उद्योग भएकाले यहाँ रहेका हिमशृंखला, ताल तलैया लगायत प्राकृतिक सम्पदालाई संरक्षण र सम्बद्धनमा गर्नुपर्नेमा जोड दिए । उनले पर्यटनमैत्री नीतिका लागि आफूले पहल गर्ने बताउँदै नेपालको अर्थतन्त्रमा पर्यटनबाट टेवा पु¥याउने गरी पर्यटकीय गतिविधिमा जोड दिन आवश्यक रहेको जनाए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले पर्यटन प्रवद्र्धन र विकासका लागि भइरहेका स्रोत साधनको समुचित प्रयोग गरेर एकीकृत सोचका साथ काम गर्न आवश्यक रहेको बताइन् । उनले पोखरा पर्यटनको राजधानी भएकाले र अन्तर्राष्ट्रिय विमानस्थल समेत भएकाले व्यवसायिक एकता र पर्यटकीय हवको रुपमा विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो ।
कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष केदारनाथ शर्मा, गण्डकी प्रदेश अध्यक्ष चिरञ्जीवी पोखरेल, सल्लाहकार सूर्य भुजेल, उद्योग तथा व्यवसाय राष्ट्रिय महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, नेकपा एमाले जिल्ला सचिव तथा जिल्ला संगठन विभाग प्रमुख बैनबहादुर क्षेत्री, एमाले महानगर कमिटी अध्यक्ष दिलीप न्यौपाने लगायतले पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएका समस्याका कारण पर्यटन व्यवसायी भोग्नु परेको कठिनाइ, व्यावसायिक हक हित र आगामी दिनमा संगठनले अपनाउनु पर्ने रणनीतिका बारेमा धारणा राखे ।
संगठनका प्रदेश उपाध्यक्ष जमुना पराजुली, सचिव मिलन तिवारीले संगठनका गतिविधि र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
यसैबीच, साउथ अमेरिकाको आकाङकुवा हिमाल आरोहण गरेकी पथप्रदर्शक र हिमाल आरोही मनु गुरुङलाई नेपालको पर्यटनलाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उक्त अवसरमा सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
पोखरामा पाटाको वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट
hero news full width
मुख्य समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०