पोखरा । नेपालमै पहिलो पटक पोखरामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन हुने भएको छ । समग्र पोखराको पर्यटनमा प्रवद्र्धन हुने भएकाले यो सम्मेलनलाई निकै महत्वका साथ हेरिएको छ ।
आगामी मे २९ देखि जुन १ सम्म शिखर सम्मेलन तथा एड्भेन्चर ट्राभल मार्ट हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले यस सम्मेलनबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप पहिचान दिने भएकाले समग्र पोखरेलीको लागि गौरवको विषय भएको बताए । सम्मेलन पहिलो भए पनि नेपालले आयोजना गर्न लागेको एड्भेन्चर मार्ट तेस्रो हो ।
सम्मेलनमा करिब १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरूको सहभागिता रहने छ । यस्तै, एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायत विषयमा कार्यपत्र प्रस्तुत गर्नुका साथै त्यसबारे छलफल गर्ने छन् ।
नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने छ । काम गर्ने वातावरण सिर्जना गर्ने अवसर प्रदान गर्दै २ दिनसम्म विशेष व्यापार व्यवसाय सत्र सञ्चालन हुने डा.रेग्मीले बताए । उनकाअनुसार कार्यक्रममा कार्यशाला र बिटुबी मार्टका साथै पाटाको कार्यकारी बोर्ड र बोर्ड बैठक तथा वार्षिक साधारण सभासमेत हुनेछ ।
नेपालमै पहिलो पटक पोखरामा यो सम्मेलन हुन लागेको हो
‘यसबाट नेपालको पर्यटनमा थप माइलेज बढ्ने अपेक्षा गरेका छौं,’ डा. रेग्मीले भने, ‘यसबाट पर्यटक आगमनमा वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड १९ पूर्वको अवस्थामा पुग्ने विश्वास गरिएको छ ।’
नेपाल पर्यटन बोर्डका अध्यक्षसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्था सदस्य छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सम्मेलनले पोखराको पर्यटन थप चलायमान बनाउन सहयोग पुग्ने बताए । नेपालले सन् १९७५ मा पाटा इन्टरनेसनलको सदस्यता लिएको हो । नेपाल सरकार, पर्यटन बोर्ड र पाटाको आयोजनामा हुने सम्मेलनको स्थानीय संयोजन पोखरा पर्यटन परिषद्ले गरेको छ ।
परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले कोरोना महामारीपछि बिस्तारै चलायमान हुन लागेको नेपालको समग्र पर्यटन क्षेत्रमा यसले सहयोग पु¥याउने बताए । नेपालले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय कार्यक्रमले पर्यटक आगमनमा समेत वृद्धि हुने र सन् २०२३ को अन्त्यसम्ममा नेपालको पर्यटन कोभिड–१९ पूर्वको अवस्थामा पुग्ने अपेक्षा गरिएको छ । गत जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै पोखरामा आयोजना हुने यस कार्यक्रमले पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा आयोजकको छ । प्रसिद्ध ब्लगरहरूको समेत सहभागिता रहने कार्यक्रमका सहभागीले कार्यक्रमपछि लुम्बिनी, चितवन, बर्दिया, जोमसोमलगायत अन्य गन्तव्य भ्रमण गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
आरोहणको ७३ वर्ष : हर्जोगलाई सम्झँदै हिमाल जोगाउने चिन्ता
दीगो पर्यटनमा जोड दिँदै पाटा शिखर सम्मेलन सम्पन्न
मनाङमा सडक र पदमार्ग एउटै हुँदा पदयात्रीलाई सास्ती
अन्नपूर्ण सेन्चुरी महोत्सव सुरु
पोखरामा पाटाको वार्षिक शिखर सम्मेलन तथा एड्भेन्चर मार्ट
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०