लिटिल स्टेपले मनायो ४० औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १२, २०७९
little step 1

पोखरा । लिटिल स्टेप माविले ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले समारोहको उद्घाटन गर्दै विद्यालयको उन्नति र प्रगतिको कामना गरे ।

सो अवसरमा भएको विज्ञान तथा हस्तकला प्रदर्शनीको उद््घाटन डाँडाखर्क एकता परिवारका अध्यक्ष भोजप्रसाद गुरुङ एवं प्रगति आमा समूहका अध्यक्ष कुलमाया पौडेलले गरे । यस्तै, विद्यार्थीले प्रस्तुत गरेको सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र थियो ।

कार्यक्रममा नगर शिक्षा विकास समन्वय इकाइ कास्की इकाइ प्रमुख नारायणप्रसाद सुवेदी, सञ्चालक समिति सदस्य भीमनाथ बराल, पूर्व शिक्षक गीता दवाडी, अभिभावक टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्राचार्य पम्फा गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् भने शैक्षिक सत्र २०७८ को सम्पूर्ण शैक्षिक पुरस्कारसमेत वितरण गरिएको थियो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विद्यार्थीसहित शिक्षकद्वय ताराप्रसाद सुवेदी र चित्रबहादुर अधिकारीले संयुक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग