सबलाइमको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७९
sublimed

पोखरा । पोखरा ७ रत्नचोकमा अवस्थित सबलाइम अंग्रेजी माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय प्रमुख नारायणप्रसाद सुवेदीले गरे ।

उनले हरेक विद्यार्थी कुनै न कुनै विधामा निपूण हुने हुनाले उनीहरु सोही क्षेत्रमा रुचि राख्ने बताए । उनले भने, ‘२१ ओं शताब्दीका विद्यार्थीलाई हरेक क्षेत्रमा मौका हुन्छ जसअनुसार विद्यालयले पढाइको अलावा खेलकुद, संगीत, कला नृत्य जस्ता विषयको समेत कक्षा सञ्चालन गरी विद्यार्थीको रुचि र क्षमताअनुसार पठन पाठनलाई जोड दिनुपर्छ ।’

पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले वडाको अभिभावकको हैसियतले विद्यालयले गर्ने हरेक कार्यमा सहकार्य गर्न तयार रहेको बताउँदै विद्यालय र वडाले आयोजना गरेका हरेक कार्यमा समेत दुवै पक्ष हातेमालो गर्दै अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।

प्याब्सन, केन्द्रीय उपाध्यक्ष एव गण्डकी प्रदेश इन्चार्ज कृष्ण केसीले प्याब्सनको क्रियाशील सदस्यको विद्यालयले छोटो समयमा नै गरेको भन्दे प्रशंसा गरे । राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश कार्यालयका निर्देशक एवं विद्यालयका अभिभावक लक्ष्मण देवकोटाले आफू सो विद्यालयसंँग स्थापनाकालदेखि अविछिन्न २७ औं वर्षसम्म लगातार अभिभावककै रुपमा रहेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय निर्देशक त्रिभुवन पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल पुष्पराज पराजुलीले विद्यालयको प्रतिवेदन, आगामी कार्यक्रम र विगतमा विद्यालयले हासिल गरेका उपलब्धिहरुबारे जानकारी दिए ।

कार्यक्रममा लोकदोहोरी गायक रामजी खाँडको समेत प्रस्तुति रहेको थियो ।

यसैबीच वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी, लामो समय सेवा गरेका शिक्षक, कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । सांस्कृतिक कार्यक्रम विद्यालयका नृत्य प्रशिक्षक राम लामाले संयोजन गरेका थिए ।

विद्यालयको मुखपत्र सबलाइम दर्पणसमेत सोही अवसरमा विमोचन गरिएको थियो । कार्यक्रम विद्यालयका नेपाली विभाग प्रमुख कमलापति शर्मा र विद्यार्थीहरुले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग